Comments Add Comment

Advertisment

SKIP THIS

अपराध तथा तस्करी नियन्त्रणमा कठोर बन्दै, तस्करको जालो तोड्दै एसपी कुमोध ढुंगेल

काठमाडौं : हाल जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी प्रमुख रहेका एसपी कुमोध ढुंगेल प्रहरी संगठनमा खरो स्वभावका अधिकृत हुन् । निडर र साहसिक क्षमताका ढुंगेल जहाँ कार्यरत रहँदा पनि संगठनको लागि काम गर्ने अधिकृतको रुपमा चिनिन्छन् ।

विगत ६ महिनादेखि जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख छन् प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेल । उनले कमाण्ड सम्हालेसँगै समग्र शान्ति सुरक्षा र अपराध अनुसन्धानमा पर्सा प्रहरी कहिँकतै चुकेको छैन् ।

जिल्लाको कमान्ड सम्हाले सङै एसपी ढुंगेलले अपराध तथा तस्करी नियन्त्रण गरी राजस्व वृद्धिमा प्रहरीले अहम् भूमिका खेलिरहेको छ । विभिन्न अवैध कारोबारीबाटै सीमा क्षेत्रमा आपराधिक कार्य हुने गरेको भन्दै पर्सा प्रहरी तस्करी नियन्त्रणमा केन्द्रित भएको हो।

त्यतिमात्र नभएर नेपाल प्रहरीले सशस्त्र प्रहरीको जिम्मेवारी समेत निर्वाह गरेको छ ।

जबकी सरकारले मुख्यतया सिमा क्षेत्रबाट हुने तस्करी र अपराध रोक्न राखेको हो सशस्त्र प्रहरीलाई । सशस्त्र प्रहरीको काम नै कुनैपनि हालतमा सिमा क्षेत्रबाट हुने तस्करी र अपराध रोक्ने नै हो ।

त्यसैले त सरकारले पुर्वदेखि पश्चिमसम्म सिमा क्षेत्रमा सशस्त्र प्रहरीलाई तैनाथ गरि राखेको छ । एसपी ढुंगेल पर्सा आएपछि सशस्त्र प्रहरीले गर्नुपर्ने काम नेपाल प्रहरीले समेत गर्दै आएको छ । जसकारण तस्करीमा कडाइ भएको छ ।

तर, केही मिडियाहरुले बुझ्दै नबुझी नेपाल प्रहरीको मिलेमतोमा सिमा क्षेत्रबाट तस्करी भयो भनेर झुटो अफवाह फैलाउने काम समेत गरिएको छ ।

कसैले दिएको अपुस्ट सूचनाको आधारमा प्रहरीको मिलेमतोमा पर्साको वीरगन्जमा भन्सार कार्यालयबाट खुलेआम तस्करी हुने गरेको भन्दै शनिबार प्राइम टेलिभिजनका कार्यक्रम प्रस्तोता ऋषि धमलाले एउटा भिडिओ बनाए ।

भिडिओमा धमलाले भन्सारनजिकै भारतबाट सामान ल्याउदै गर्दा भेटिएका एक स्थानीयले बोलेको आधारमा ‘भन्सार प्रमुख र प्रहरीको मिलेमतोमा तस्करी बढेको’ भन्दै बोलेका छन् । तर, उनले भनेजस्तो तस्करी नभएको नेपाल प्रहरीले जनाएको छ ।

सिमा क्षेत्रको पहिलो चेकिङ जबकी सशस्त्र प्रहरीले गर्ने गर्दछ । तर, धमलाले नेपाल प्रहरीको मिलेमतोमा भन्नुले पनि कसैले दिएको अपुस्ट सुचनाको आधारमा समाचार बनाएको पुष्टि हुन्छ ।

तर, मिडियामा भनेजस्तो मेरो मातहतको नेपाल प्रहरीका कर्मचारीको तस्करीमा कुनैपनि सलग्नता नरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुंगेलले बताए ।

अहिले भन्सार प्रमुखको समन्वयमा प्रहरीले तस्करीमा कडाइ गरेको भन्सारकै एक कर्मचारी बताउँछन् । ‘अहिलेसम्म यस्तो कडाइ भएको पहिलोपल्ट हो,’ २ बर्षदेखि कार्यालयमा कार्यरत ती कर्मचारी भन्छन्,’तस्करीमा भएको कडाइ देखेर म आफै अचम्मित छु ।’

‘एसपी साबले पर्सामा तस्करी नियन्त्रण तथा रोकथाम अभियानमा आक्रमण बनेपछि उनीहरूको व्यवसायी चौपट हुन पुगेको छ,’ एक प्रहरी अधिकृत भन्छन्, ‘पर्साका ठुला तस्करहरुले फेरि पहिला जस्तै तस्करी गर्न पाउन भनी एसपी साबलाई नराम्रो मात्र बनाउन खोजिएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै