Comments Add Comment

Advertisment

SKIP THIS

पुनर्कर्जा सुविधालाई निरन्तरता दिन माग

२० असार , काठमाडौं । निर्यात व्यवसायी महासङ्घले निर्यात पुनर्कर्जाको सुविधालाई निरन्तरता दिन माग गरेको छ ।

महासङ्घका अध्यक्ष रामबहादुर गुरुङले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई भेटेर मौद्रिक नीतिमा निर्यात व्यवसायमा पुनर्कर्जाको सुविधालाई निरन्तरता दिन माग गरेका हुन् ।

अध्यक्ष गुरुङले निर्यात क्षेत्रमा कोभिड–१९ को प्रभाव नसकिँदै अर्थतन्त्रमा तरलता अभाव देखिएकाले व्यवसायी अप्ठ्यारोमा परेको बताए । महासङ्घले निर्यातमा दुई तिहाइभन्दा बढी गैरभन्सार अवरोध, प्रक्रियागत र नीतिगत जटिलताको कारण नेपालको निर्यात व्यापार अपेक्षितरुपमा बढ्न नसकेको बताएको छ ।

नेपालको निर्यात घटेको कारण व्यापार घाटा बढेको अध्यक्ष गुरुङको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै