Comments Add Comment

Advertisment

SKIP THIS

अवैध लागूऔषध सहित पक्राउ

२४ माघ, काठमाडौं । प्रहरीले मोरङको सुन्दरहरैचा नगरपालिका-७ स्थित विश्वकर्मा मन्दिर अगाडि सडकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ११ एम्पुल, एभिल ९ एम्पुल, फेनारगन १० एम्पुल र लुप्रिजेसिक १० एम्पुल सहित ३ जनालाई आइतबार राति पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बेलबारी नगरपालिका-१ बस्ने ३६ वर्षीय सुरज गुरुङ, केरावारी गाउँपालिका-१० बस्ने २५ वर्षीय तेज कुमार मगर र सोही गाउँपालिका-७ बस्ने २६ वर्षीय नगेन्द्र लिम्बु रहेका छन् ।

बेलबारी नगरपालिका-३ बस्ने ४३ वर्षीय रिक्तमान गुरुङले सोही नगरपालिका-१ स्थित सिनेमा हल अगाडि पार्किङ गरी राखेको प्रदेश नम्बर ३-०१-०२५ च ९७५० नम्बरको कार सुरज गुरुङले चोरी गरी लगेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले कार खोजतलास गर्नेक्रममा कारमा रहेका तीनै जनालाई नियन्त्रणमा लिएको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

बाँकेबाट अवैध लागूऔषध सहित पक्राउ

दाङबाट अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ