
१६ माघ, काठमाडौं । सर्लाहीको मलंगवा नगरपालिका-७ गणेशिया चोकबाट करिब २१ किलो अवैध लागूऔषध गाँजासहित एक महिला पक्राउ परेको छ । । पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका-२ बैकुण्ठ बस्ने ३० वर्षीया करिश्मा मोक्तान रहेकी छन् ।

प्रदेश २-००१ ह १४०२ नम्बरको टेम्पुलाई अस्थाई प्रहरी पोष्ट पेट्रोलपम्पबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा टेम्पुमा सवार करिश्मालाई २० किलो ९ सय ग्रामको लागूऔषध सहित फेला पारी शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । साथै टेम्पु चालकलाई समेत आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।






