डिआईजी राजेश बास्तोलाद्वारा कोशी प्रदेश प्रहरीको बार्षिक कार्ययोजना २०८० सार्वजनिक -
Comments Add Comment

डिआईजी राजेश बास्तोलाद्वारा कोशी प्रदेश प्रहरीको बार्षिक कार्ययोजना २०८० सार्वजनिक

बिराटनगर, कोशी प्रदेश प्रहरी बार्षिक कार्ययोजना २०८० सार्वजनिक गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालयको सभाहलमा एक कार्यक्रमको बिच प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले कोशी प्रदेश प्रहरी बार्षिक कार्ययोजना २०८० सार्वजनिक गर्नु भएको हो ।

अपराधको रोकथाम, नियन्त्रण तथा अनुसन्धान र शान्ति सुरक्षा व्यवस्थापन तथा कार्यरत प्रदेश प्रहरीको आन्तरिक तथा सांगठनिक क्षमतालाई स्वच्छ, सुदृढ, सबल, प्रविधियुक्त बनाई अपराधको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देखा परेका चुनौतीहरूको सामना गर्दै गुणस्तरीय, प्रभावकारी एवं नागरिकमैत्री सेवा प्रवाहको सुनिश्चितताको लागि कोशी प्रदेश प्रहरीद्वारा “कोशी प्रदेश प्रहरी वार्षिक कार्ययोजना-२०८०” सार्वजनिक गरिएको हो ।

 
कार्ययोजनामा समावेश भएका लक्ष्य, कार्यगत उद्देश्य, कार्ययोजना क्रियाकलापहरूको कार्यान्वयनमा मुख्य जिम्मेवार कार्यालयहरुले लक्ष्यहरु हासिल गर्न सम्पूर्ण कर्मचारीहरूलाई आ-आफ्नो क्षेत्रबाट इमान्दारीपूर्वक प्रयास तथा जिम्मेवारी निर्वाह गर्न प्रदेश प्रहरी प्रमुख बास्तोले निर्देशन समेत दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै