५ फाल्गुन, काठमाडौ । खोटाङको हलेसी बजारमा आइतबार साँझ लागेको आगलागी नियन्त्रणमा आएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको रणभीम गणबाट खटिएको फायर फाइटिङ टोलीले आगलागी नियन्त्रणमा लिएको हो । हलेसी दुवाचुङ नगरपालिका–७, हलेसीबजारमा आगलागी हुँदा स्थानीय पदम राईको घर जलेर पूर्ण रूपमा क्षति भएको छ ।

हार्डवेयरसँगै ग्यास पसल राखेका पदमको घरबाट सुरु भएको आगोले अन्य दुई घर पनि नष्ट गरेको छ ।

खाना पकाउने क्रममा ग्यास सिलिन्डरबाट सुरु भएको आगो नियन्त्रण बाहिर गएको थियो ।