बागमती प्रदेश प्रहरी प्रमुख डिआईजी किरण बज्राचार्यले बागमती प्रदेशमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभएकाे छ ।

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा कार्यरत प्रहरी कर्मचारीहरुसँग अन्तरक्रिया गर्नुका साथै बिभागिय काम कारबाही तथा आगामी कार्यदिशाको सन्बन्धमा प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनुभएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा आज आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख बज्राचार्यले प्रदेश प्रहरी कार्यालयमा रहेका बिभिन्न शाखाहरुबाट सम्पादित हुने काम कारबाहीको बारेमा जानकारी लिँदै प्रभावकारी कार्य सम्पादनको लागि आवश्यक निर्देशन दिनुभएको हो । कार्यक्रममा प्रहरी बरिष्ठ उपरीक्षक ध्रुबराज राउतले बागमती प्रदेशको बस्तुस्थिती तथा मातहत जिल्लाहरुमा प्रहरीले सम्पादन गरेका कार्यको सम्बन्धमा प्रस्तुतिकरण दिनुभएको थियो ।





