Comments Add Comment

Advertisment

SKIP THIS

उदयपुरमा विद्युत प्राधिकरणको चरम लापरबाही : करेन्ट लाग्दा एक बालिकाको हात गुम्यो

१८ असार , काठमाडौं । उदयपुरमा विद्युत प्राधिकरणको लापरबाहीले ३३ हजार भोल्टको नाङ्गो तारमा करेन्ट लाग्दा एक बालिकाको हात काट्नु पर्ने अवस्थामा पुगेको छ । त्रियुगा नगरपालिका ३ मोतिगडा स्थित सन्तोष बरालको घरमा डेरा गरी बस्ने रौतामाई गाउँपालिका २ का भरत प्रसाद दाहालका अन्दाजी १३ वर्षिय छोरी क्रिष्टिना दाहाललाई विहिबार साँझ पख ३३ हजार भोल्टको नाङ्गो तारमा करेन्ट लाग्दा गम्भिर घाइते भएकी छिन् । उनको अहिले किर्तिपुर हस्पिटल काठमाण्डौमा उपचार भईरहेको छ ।

नेपाल विद्युत प्राधिकरण गाईघाट शाखाले केहि दिन अघि मात्रै मोतिगडा जोगिदहा खण्डको पुरानो विद्युत तार परिवर्तन गरेर नयाँ तार जडान गर्दा पुरानो पोल अर्थात एलाइन्मेन्ट भन्दा करिव डेढ मिटर पूर्वतर्फ एनसेल टावरको पोलमा विस्तार गर्दा दुर्घटना भएको पीडितका बुबा दाहालले बताए । उनका अनुसार नयाँ तार विस्तार गर्दा मैले डेरा गरी बस्ने सन्तोष बरालको घरको छत माथिबाट सोझै हातले भेट्ने अवस्थामा झुण्डिन पुगेको छ । विहिबार साँझ छतमा खेलिरहेको अवस्थामा तार छेउ नजिक पुग्दा करिव दुई हात वरैबाट करेन्ट प्रबाह भएको विद्युत तारले तानेकोले छोरीलाई करेन्ट लागेको पीडितको बुबा दाहालको आरोप रहेको छ । करेन्ट लाग्दा बालिकाको देव्रे हात जलेको छ भने दुवै खुट्टाको पैताला फुटेको पीडितका बुबा दाहालले बताए । बालिकाको मुटु, मृगौलामा कुनै समस्या छैन भने देव्रे हातको पन्जा र नसाहरु जलेको छ,, काखीमुनी पनि जलेको छ, देव्रे हात काट्नु पर्ने अवस्था आएको डाक्टरलाई उध्रित गर्दै पीडितका बुबा दाहालले बताए । उनले भने, ‘डाक्टरका अनुसार पुरै हात काट्न भनेपनि हामीले हात बचाउन सकिन्छ भने पञ्जासम्म मात्रै काटिदिन अनुरोध गरेको छु ।

विद्युत प्राधिकरणको कर्मचारीको चरम लापरबाहीले यो अवस्था आएको हो, छोरीको औषधि उपचारको खर्च व्यहोर्नु पर्ने र आजिवन जिउने आधारको ग्यारेन्टी गर्नु पर्ने पीडितका बुबा दाहालले माग गरेका छन् । दुर्घटना घटाउन विद्युत प्राधिकरण गाईघाटको हात रहेकोले सम्पूर्ण क्षतिपूर्ति सहित दोषीलाई कडा भन्दा कडा कारबाही गर्नु पर्ने आफ्नो माग रहेको पीडितका बुबा दाहालले बताए ।स्ट्याण्डर्ड भिजन एकेडेमी मोतिगडामा कक्षा ८ मा बढ्ने बालिका पढाईमा अब्बल छिन् । उनी पढाईका अलाबा अतिरिक्त क्रियाकलापमा पनि अब्बल रहेको एकेडेमीका संचालक नवराज सिंह ठकुरीले बताए । जानी जानी विद्युतिय पासो थाप्ने नेपाल विद्युत प्राधिकरणका कर्मचारी र ठेक्केदारलाई कडा भन्दा कडा सजाय हुनु पर्ने ठकुरीले बताए ।

पीडित पक्षले क्षतिपूर्ति दिलाउनको लागि नेपाल विद्युत प्राधिकरण गाईघाट, जिल्ला प्रशासन कार्यालय उदयपुर र त्रियुगा नगरपालिकामा निवेदन दिएका छन् । नेपाल विद्युत प्राधिकरण गाईघाटका सूचना अधिकारी इन्जिनियर सत्य नारायण साहसँग बुझदा ३३ हजार भोल्ट करेन्ट प्रवाह हुने तारमा आधा मिटर भन्दा पर रहेमा कुनै असर नगर्ने बताए । उनले भने, ‘डक कन्डक्ट गर्दा एक मिटर तार पूर्वतर्फ गएको छ, तलबाट हेर्दा छत भन्दा टाँढै रहेको छ तर कसरी त्यो घटना घट्यो अचम्म छु, नयाँ तार विस्तार गर्दा कसैले भनिदिएनन् ।’

उनका अनुसार हामी कहाँ औषधि उपचार गर्न र भविष्यको ग्यारेन्टीको माग गर्दै स्थानीहरुको डेलिकेशन आएको थियो । उनले भने, ‘उहाँहरुको माग सहितको निवेदन क्षेत्रिय विद्युत प्राधिकरण विराटनगर पठाएको छौं ।’ विराटनगरबाट छानविन समिति आउने र छानविन समितिको प्रतिवेदन अनुसार आगामी प्रक्रिया हुने इन्जिनियर साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै