२४ चैत , काठमाडौं । ललितपुरको लुभुमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार हिजो बेलुका बा १६ च ३६८७ नम्बरको कारको ठक्करबाट रामेछाप मन्थली नगरपालिका पुराना गाउँ घर भइ ललितपुरको लुभुमा बस्ने विमला पुरीका दुई वर्षका छोरा आर्यनको मृत्यु भएको हो ।
कार चालकलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



