Comments Add Comment

Advertisment

SKIP THIS

बस जलाउने कार्यमा संलग्न ५ जना पक्राउ

२८ जेठ , काठमाडौ । यात्रुबाहक बस जलाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ पथरी शनिश्‍चरेका गोकुल भण्डारी, जीवन थापा, अनमोल राई, आयुस रिजाल र मोहन कुमार मगर रहेका छन् । मोरङ प्रहरीका अनुसार जेठ २५ गते दिउँसो उर्लाबारी नगरपालिका वडा नम्बर ३ स्थित नयाँ मंगलबारे सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख ३०७३ नम्बरको यात्रुबाहक बसले विपरित दिशातर्फ जाँदै गरेको प्रदेश नम्बर ०१–०१–०१३ प २३० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

घटनामा स्कुटर चालक झापा कमल गाउँपालिका वडा नम्बर २ का पवन सुबेदीको मृत्यु भएको थियो । घटनापछि अभियुक्तहरुले बसमा तोडफोड एवं आगजनी गरेको थिए । अभियुक्तहरुलाई आपराधिक उपद्रव कसूरमा मोरङ जिल्ला अदालतबाट दिन ७ म्याद थप भई अनुसन्धानको कार्य भई रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै