०२ माघ , काठमाडौं । बार्सिलोनाले रियल मड्रिडलाई हराउँदै स्पेनिस सुपर कपको उपाधि जितेको छ ।
गएराती साउदी अरेबियामा सम्पन्न फाइनल खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ३-१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
बार्सिलोनाको जितको लागि गाभि, रोबर्ट लेवान्डोस्की र पेड्रिडले एकएक गोल गरेका थिए । रियलका लागि करिम बेन्जमाले एक गोल गरेका थिए ।