Comments Add Comment

Advertisment

SKIP THIS

शंकास्पद वस्तु फेला : सेनाको टोली नआइपुग्दा त्रास

३० पुष, काठमाडौ । संखुवासभाको चैनपुर नगरपालिका–६ बजार नजिकैको शंकास्पद वस्तु फेला परेको २४ घण्टा पुग्न लाग्दामा पनि सेनाको बम डिस्पोजल टोली आइनपुग्दा त्रासको वातावरण सिर्जना भएको छ ।

चैनपुर– ६ को टेलिकम टावर नजिकै गढी डाँडा छेउमा बिहीबार साँझ शंकास्पद वस्तु फेला परे पनि शुक्रबार अपरान्हसम्म सेनाको टोली आइनपुगेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षक योगराज खतिवडाले बताए ।

पार्क बनाउन स्काभेटरले खन्ने क्रममा बिहीबार साँझ शंकास्पद वस्तु फेला परेको प्रहरी निरीक्षक खतिवडाले बताए । शंकास्पद वस्तु फेला परेको क्षेत्रमा प्रहरीले सुरक्षा गरिएको उनको भनाइ छ ।

उक्त शंकास्पद वस्तु डिस्पोजका लागि सदरमुकाम खाँदबारीमा रहेको नेपाली सेनाको नयाँ भैरवी दल गुल्मको टोलीलाई खबर गरिसकेको भए पनि अहिलेसम्म आइनपुगेको प्रहरी निरीक्षक खतिवडाले बताए ।

चैनपुर–६ गढी डाडाँमा प्रदेश १ सरकार पर्यटन मन्त्रालयको सहयोगमा पार्क निर्माण हुन लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

बनेपामा शंकास्पद वस्तु फेला

Advertisment

छुटाउनुभयो कि? सबै

बनेपामा शंकास्पद वस्तु फेला