Comments Add Comment

Advertisment

SKIP THIS

न्याय सेवा आयोगको बैठक दिउँसो २ बजे बस्दै

१४ माघ, काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज न्याय सेवा आयोगको बैठक बोलाएका छन् । नेपाल बारको असहमतिका बाबजुत प्रधानन्यायाधीश राणाले आज दिउँसो २ बजेका लागि बैठक बोलाएका हुन् ।

अध्यक्ष र अन्य २ जना सदस्य उपस्थित रहेमा गणपूरक संख्या मानिने र बहुमतले निर्णय गर्न सकिने न्याय सेवा ऐन २०७३ मा उल्लेख छ । खुला प्रतिस्पर्धाबाट आएका जिल्ला न्यायाधीशको नतिजालाई अनुमोदन गरेर अन्तर्वार्ता समिति गठन गर्ने कार्यसूची आजको बैठकको छ । यसअघि ६ पुसमा बोलाइएको बैठक बस्दैनबसी स्थगित भएको थियो ।

प्रधानन्यायाधीश अध्यक्ष रहने आयोगमा न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, महान्यायाधिवक्ता खम्मबहादुर खाती र लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी सदस्य रहने व्यवस्था रहेको छ । कानुनमन्त्री बडू कोरोना संक्रमणपछि आइसोलेसनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै