नक्कली लेवलिङ गरेर कम्प्युटर मनिटर बेचबिखन गर्ने २ जनालाई टेकु प्रहरीले पक्राउ -
Comments Add Comment

नक्कली लेवलिङ गरेर कम्प्युटर मनिटर बेचबिखन गर्ने २ जनालाई टेकु प्रहरीले पक्राउ

काठमाडौँ । नक्कली लेवलिङ गरेर कम्प्युटर मनिटर बेचबिखन गरेको आरोपमा प्रहरीले काठमाडौँबाट २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्मा घर भएका २२ वर्षीय तुसार अग्रवाल र न्युरोडमा पसल सञ्चालन गर्ने उमेश मुडभरी छन् ।

सादा मनिटरमा उनीहरुले डेल कम्पनीको लोगो टाँसेर बेच्ने गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले बताए । काठमाडौँ महानगरपालिका–२२ स्थित भोटेबहालमा अग्रवालले सञ्चालन गरेको गोदामबाट २५३ थान र न्युरोडस्थित मुडभरीको पसलबाट ६ थान मनिटर प्रहरीले बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै