Comments Add Comment

स्कुल बस दुर्घटना हुँदा ११ जना विद्यार्थी घाइते

२३ साउन , काठमाडौ । सुर्खेतमा स्कुल बस दुर्घटना हुँदा ११ जना विद्यार्थी घाइते भएका छन् ।

वीरेन्द्रनगरमा दुर्घटनामा परेको स्कुल बसमा सवार ११ जना विद्यार्थी घाइते भएका हुन्। घाइते एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

बुधबार डिभी निकेतन स्कुलको विद्यार्थी बोकेको बस वीरेन्द्रनगर नगरपालिका–८, इत्राम खोलामा चिप्लिएर दुर्घटनामा परेको थियो ।

बस स्कुल बिदा भए घर फर्किँदै थियो । प्रहरीका अनुसार बसमा ३२ जना विद्यार्थी सवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment