Comments Add Comment

Advertisment

SKIP THIS

कोशी प्रदेश प्रहरी प्रमुखमा बास्तोला : सुदुरपश्चिममा बोहरा

१२ चैत , काठमाडौ । गृहमन्त्रालयले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेशनाथ बास्तोला र सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरतबहादुर बोहरालाई खटाएको छ ।

यसअघि कोशी प्रदेश प्रहरी प्रमुख रहेका बिवादास्पद डीआईजी श्यामलाल ज्ञवाली प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० मा बढुवा भएपछि कोशी प्रदेश प्रहरी कार्यालय नेतृत्वविहीन थियो । गृहमन्त्रालयले कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको प्रमुख रहेका एसएसपी बास्तोलालाई कोशी प्रदेश प्रमुखको जिम्मेवारी दिएको हो । एसएसपी बास्तोला केही महिना अगाडी कर्णाली प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा काम गरिसकेका थिए ।

नागरिकता र उमेर विवादपछि तत्कालीन डीआईजी अशोक सिंहले राजिनामा दिएपछि सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय पनि नेतृत्वविहिन थियो । नेपाल प्रहरी प्रधान कार्यालयको प्रहरी निरिक्षणालयमा कार्यरत एसएसपी बोहरालाई सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा खटाइएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दियो । बोहराले यस अगाडी काठमाडौं प्रहरी परिसरको कमाण्ड समेत सम्हालिसकेका छन् ।

केहिदिनमै प्रहरी नायब महानिरीक्षक ९डीआईजी० मा बढुवा हुन लागेका बास्तोला र बोहरा प्रहरीमा इमानदार तथा व्यावसायिक प्रहरी अधिकृतको रुपमा परिचित छन् । डीआईजीमा बढुवा भएपछि हाल खटाइएको कार्यालयमै पदस्थापन गर्ने गरि उनीहरुलाई काजमा खटाइएको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment