Comments Add Comment

Advertisment

SKIP THIS

निःशुल्क स्वास्थ्य शिविर

२८ जेठ , काठमाडौं । जिल्लाको सूर्यविनायक नगरपालिका–७ स्थित किवा चौकमा शुक्रवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज र स्थानीय ज्योती सेकेण्डरी स्कूलको सहकार्यमा शिविर सञ्चालन गरिएको हो । स्कूलको प्राङ्गणमा सञ्चालित शिविरमा केएमसीका डाक्टरहरुले स्कूलका विद्यार्थी, उनीहरुका अभिभावक, शिक्षक र स्थानीयसहित १०१३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् ।

जसमध्ये २२३ जनाको रक्त परीक्षण, १७२ जनाको भिडियो एक्सरे र १२२ जनाको ईसीजी गरिएको केएमसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै