१६ पुष काठमाडौ । सन् २०२१ मा प्रेस स्वतन्त्रता हननका घटना बढेको पाइएको छ । नेपाल पत्रकार महासङ्घकाअनुसार यो वर्ष पनि नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण रह्यो ।
महासङ्घको अभिलेखअनुसार सन् २०२० मा ५२ वटा प्रेस स्वतन्त्रता हननका घटना भएका थिए भने सन् २०२१ जनवरी १ देखि आजसम्म ६२ वटा प्रेस स्वतन्त्रता हननका घटना भएका छन् । ६२ वटा घटनामा १ सय ९० जना पत्रकार पीडित भएका छन् भने ४ वटा सञ्चारमाध्यम प्रभावित भएका छन् ।





