१४ साउन , काठमाडौँ । मोरङ्गको लेटाङ्ग ९ जाँतेमा खेतमा गर्न पानी ल्याउने गरेको कुलोले बगाउँदा एक बालकको मृत्यु भएको छ । बालकलाई श्रावण १२ गते विहिबार दिउँसो अन्दाजी २ बजे कुलोले घर देखि करिव पाँच सय मिटर जति बगाएको थियो । कुलोले बगाई घाईते बालकको उपचारको क्रममा विराटनगर स्थित नोबेल मेडिकल कलेजमा मृत्यु भएको जनाईएको छ ।कुलोले बगाएर मृत्यु हुनेमा स्थानिय लेखराज राईका दुई बर्षका छोरा हिटलर राई रहेका छन् । लेखराजका दुई सन्तान मध्ये हिटलर परिवारका एक मात्र छोरा थिए ।
आफु सँग खेल्दै गरेको छोरालाई खाटमा राखेर शौचालय गएकी आमा शौचालयबाट फर्किदा नानी नदेखेपछि खोज्ने क्रममा घर देखि करिव ५ सय मिटर तल होम पाइपको मुखमा पानीले घुमाउँदै गरेको अवस्थामा भेटिएको आमा लिला राईले बताईन ।
घाईते अवस्थामा फेलापरेका भतिजको नोबेल अस्पताल बिराटनगरमा उपचारकै क्रममा ज्यान गएको काका डिल्लीले बताएका छन । मृतक बालकका बुवा लेखराज राई बैदेशिक रोजगारको शिलशिलामा कतारमा रहेका थिए । छोराको मुत्युको खबर पश्चात उनी घर फर्किएका छन ।


