Comments Add Comment

Advertisment

SKIP THIS

मुस्ताङमा च्याङ्ग्राको भुवा संकलन केन्द्र

१४ जेठ , काठमाडौं । मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा पश्मिना बनाउने कच्चा पदार्थ च्याङ्ग्राको भुवा संकलन केन्द्र स्थापना गरिएको छ । केन्द्रमा तीन हजार किलो भुवा भण्डारणसमेत गर्न सकिनेछ ।

नेपाल लाइभस्टक सेक्टर इनोभेसन परियोजना (एनएलएसआइपी) र नेपाल फाइबर प्रोसेसिङ उद्योग प्रालिको ५०/५० प्रतिशत लागत साझेदारीमा च्याङ्ग्राको शरीरमा उत्पादन हुने भुवा संकलन गर्न भवन निर्माण भएको हो । कूल रु ३२ लाखमा निर्माण भएको तीन हजार किलोग्राम भुवा भण्डारण गर्न सकिने तापक्रमलाई सन्तुलित बनाउने तीन कोठे प्रिफेक प्रविधिको भवनको आज गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन् ।

कृषकले च्याङ्ग्राको शरीरबाट निकाल्ने भुवालाई सुरक्षित भण्डारण गरेर उद्योगसम्म पुर्‍याउने उद्देश्यले संकलन केन्द्र निर्माण गरिएको कम्पनीका अध्यक्ष धनप्रसाद लामिछानेले बताए । “मंगमेलया र चीनबाट ल्याइने भुवाको विकल्पमा नेपालकै भुवाबाट पस्मिना बनाउन काठमाडौँमा प्रशोधन उद्योग स्थापनाको तयारी गरेका छौँ”, उनले भने, “कृषकले उत्पादन गरेको भुवाको खरिद गर्न संकलन केन्द्र बनाएका हौँ ।”

यसअघि लोघेकर दामोदरकुण्ड गाउँपालिकाको चराङमा अस्थायी संकलन केन्द्र स्थापना गरेर डोल्पाको गरी करिब एक करोड ५० लाख मूल्य बराबरको तीन हजार ५०० किलोग्राम भुवा खरिद गरिसकेको कम्पनीले जनाएको छ । कम्पनीका सञ्चालक तथा कार्यक्रम संयोजक भीमप्रसाद शेरचनले स्थानीय तहसँग समन्वय गरेर च्याङ्ग्रा तथा पश्मिना कृषक सङ्घ गठन गर्दै भुवा निकाल्ने आधुनिक काइयो वितरण र सीप सिकाउन ताजिकिस्तानबाट प्रशिक्षक ल्याएर कृषकहरूलाई तालिम दिइएको जानकारी दिए ।

कृषक छिरिङ वाङ्दी गुरुङ र आङगेल गुरुङले प्रविधि, सीप र बजार अभावमा च्याङ्ग्राको शरीरबाट जंगलमा झरेर खेर गइरहेको भुवा संकलन गरी कृषकहरूले लाभ लिने वातावरण बनेको बताए । मुस्ताङ च्याङ्ग्रा तथा पश्मिना कृषक संघका अध्यक्ष करन गुरुङले सीप, प्रविधि र बजार पाएपछि कृषकले भुवा संकलन गर्न थालेका बताए ।

 ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै