Comments Add Comment

Advertisment

SKIP THIS

सांसद महत, सिंह र दाहाल विरुद्ध उत्रिए लगानीकर्ता, विज्ञप्ति निकाल्दै भने- त्यत्रो बजार घट्दा कहाँ थियौ ?

२३ साउन , काठमाडौ । मङ्गलवार सेयर बजारमा भारी अंकको गिरावट आएपछि लगानीकर्ताहरू सेयर बजार विरुद्धको अभिव्यक्ति दिने सांसद विरुद्ध उत्रिएका छन् ।

लगानीकर्ताको ४ वटा संगठनले विज्ञप्ति नै जारी गरेर केही सांसदको अभिव्यक्ति विरुद्ध उत्रिएका हुन् ।

३२०० को बिन्दुबाट १८००को बिन्दुसम्म आइपुग्दा २५ खर्बभन्दा बढी रुपैयाँ गुमाएर लगानीकर्ता तड्पिरहेको बेला कुनै पनि नियामक निकाय वा सांसदहरूबाट पुँजीबजार विषयमा कुनै पनि आवाज नउठेको उनीहरूले बताएका छन् ।

अहिले बजारमा केही करेक्सन आएको बेला कसैको प्रभावमा सांसद प्रकाश शरण महत, अमरेशकुमार सिंह, राजन दाहाल लगायत अन्य सांसदहरूबाट सदन र सार्वजनिक कार्यक्रममा पुँजीबजारको सम्बन्धमा केही स्क्रिप्टको नामै तोकेर अभिव्यक्ति दिनु अत्यन्त खेदजनक भएको बताएका छन् ।

जनरल इन्भेष्टर एसोसियसन, नेपाल शेयर धनी संघ,नेपाल धितोपत्र लगानीकर्ता संघ साधारण लगानीकर्ता संघ नेपाल र साधारण लगानीकर्ता संघले संयुक्त विज्ञप्ति जारी गर्दै सांसदको अभिव्यक्तिको खण्डन गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘पुँजी बजार लगानीकर्ताहरूको माग र आपूर्तिको कारणले चल्ने बजार हो । देशमा लगानीको वातावरण फराकिलो हुँदै जाँदा पूँजी बजार पनि बिस्तारै बढ्दै जान्छ र लगानीकर्ताले आफूले चाहेको कम्पनीमा लग गर्न पाउँछन् । कम्पनी कति सुरक्षित छ छैन भन्ने कुरा लगानीकर्ता स्वयंले निर्धारण गर्ने कुरा हो ।

जनताकै प्रतिनिधित्व गर्ने सांसदले सदनमा जुन खालका अभिव्यक्तिहरू दिनुभएको छ उक्त अभिव्यक्तिहरू तत्काल फिर्ता गर्न र अब आइन्दा यस्ता खालका अभिव्यक्तिहरू नियामक निकाय, सांसद जोसुकैले दिए पनि सह्य नहुने कुरा चेतावनी दिन चाहन्छौँ । यदि बजारमा चलखेल भएको भए यसलाई नियमन गर्ने संस्थाले स्वतन्त्र रूपमा सूक्ष्म अध्ययन गरी छानबिन गरोस्, हामी साथ दिन तयार छौँ ।’

पुँजी बजारको सम्बन्धमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरूबाट जथाभाबी अभिव्यक्ति दिने कार्य तत्काल बन्द गर्न लगानीकर्ताले माग गरेका छन् ।

नियामक निकायले यस्ता अभिव्यक्ति दिने व्यक्तिहरू माथि छानबिन गरी कारबाही गर्न र अभिव्यक्तिबाट दुई खर्बभन्दा बढी क्षति हुन गएकोले सो क्षति सम्बन्धित व्यक्तिबाट असुल उपर गराइदिन लगानीकर्ताहरूले माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै