Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौंमा एक चिनियाँको अपहरण गरी एक करोड फिरौती माग, ६ नेपाली पक्राउ

१९ साउन , काठमाडौं । लैनचौरबाट एक जना चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा ६ जना नेपालीलाई पक्राउ गरिएको छ। बुधबार राति चिनियाँलाई लैनचौरबाट अपहरण गरेर गोंगबुमा बन्धक बनाएर राखेको आरोपमा ६ नेपालीलाई पक्राउ गरिएको हो।

अपहरण गरी बन्धक बनाइएका चिनियाँको उद्दार गर्नुका साथै संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

तीन चिनियाँ नागरिकबाट ८ लाख रुपैयाँ र २७ थान मोबाइल समेत लुटिएको प्रहरीले दाबी गरेको छ। अपहरणमा परेका चिनियाँसँग एक करोड फिरौती समेत माग गरिएको बुझिएको प्रहरीले स्रोतले जनाएको छ।

पछि ५० लाख रुपैयाँमा अपहरण मुक्त गर्ने सहमति भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। अपहरणमा संलग्न भएका अन्य केही व्यक्ति फरार रहेका बताइएको छ। प्रहरीले उनीहरूको खोजी गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै