Comments Add Comment

Advertisment

SKIP THIS

दाङबाट अवैध लागूऔषध सहित पक्राउ

२४ माघ, काठमाडौं । प्रहरीले दाङको घोराही उपमहानगरपालिका-१४ बसपार्कबाट ७ केजी ७ सय ७९ ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ सहित सोही ठाउँ डेरा गरी बस्ने रुकुम पूर्व भुमे गाउँपालिका-९ चुङवाङ बस्ने ५० वर्षीय दल बहादुर कामीलाई आइतबार राति पक्राउ गरेको छ ।

कामीले आफ्नो डेरा कोठामा लागूऔषध लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै