Comments Add Comment

Advertisment

SKIP THIS

बुवाको हत्याको आरोपमा छोरा पक्राउ

१३ माघ , काठमाडौँ । मोरङमा ८० वर्षीय एक बुवाको हत्या आरोपमा एक छोरा पक्राउ परेका छन् । बेलबारी नगरपालिका–९ मा ८० वर्षीय वृद्धको हत्या गरेको आरोपमा प्रहरीले उनकै छोरालाई पक्राउ गरेको हो । ८० वर्षीय वृद्ध दलबहादुर खत्रीको हत्या आरोपमा प्रहरीले उनका ३५ वर्षीय छोरा जयबहादुर खत्रीलाई पक्राउ गरेको हो ।

बुधबार राति साढे ११ बजे सामान्य विवादमा बुबाको हत्या गरेको जयबहादुरमाथि आरोप लागेको छ । बुधबार राति विवाहमा मापसे गरी फर्किएका जयबहादुरले सामान्य विवादपछि बुबाको घाँटी थिचेर हत्या गरेको आरोप छ । मोरङका डिएसपी दीपक श्रेष्ठका अनुसार घटनाको अनुसन्धानका लागि बुधबार राति नै जयबहादुरलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment