Comments Add Comment

Advertisment

SKIP THIS

सडक अवरुद्ध हुँदा दसैँ मनाउन आएका गाउँमै रोकिए

२१ असोज , काठमाडौ । तीन दिनदेखि परेको निरन्तर वर्षाको कारण बागलुङका ग्रामीण तथा मुख्य सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा दसैँ मनाउन गाउँ आएका मानिस बजार फर्किन पाएका छैनन् । निरन्तर भारी वर्षा हुँदा सडक खुलाउनसमेत समस्या भएको छ । वर्षाले जिल्लाका १० वटै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

दसैँ मनाउन बुटवलदेखि निसीखोला आएका माया घिमिरेले वर्षाका कारण सबै आफन्तजनको हातबाट टीका लगाउन नसकेको बताए । उनले आफ्ना आफन्त झिम्पा, बडाचौँर, थापागाउँलगायत गाउँमा रहेको र वर्षाले सडक बिग्रिँदा टीका थाप्नसमेत जान नसकेको गुनासो गरे ।

‘वर्षाले यसपालीको दसैँ राम्रोसँग मनाउन पाइएन, सबै आफन्तजनको हातबाट टीका लगाउन पनि सकिएन, दसैँ मनाउनकै लागि टाढाबाट आइयो, एउटा गाउँमा मात्रै आफन्त हुनुहुन्न, सबै ठाउँ पुग्ने बाटोघाटो सबै भत्किएछ’, घिमिरेले भने, ‘अब बुटवल फर्किने समय पनि हुन लाग्यो, बजार झर्ने बाटो सबै बन्द भएछन्, फर्किन ढिला हुने भयो ।’

दसैँ मनाएर पोखरा फर्किनुभएका बडिगाड–१० का तुलबहादुर नेपाली सडक बिग्रिएपछि बाटोमै अलपत्र परेको बताए । उनले दसैँको भोलिपल्टै आउने भनेर काम गर्ने कम्पनीमा बिदा लिएर आएको थिएँ तर वर्षाले सडक बिग्रिँदा बीच बाटोमै रोकिनुपरेको पीडा सुनाए ।

‘काम गर्ने ठाउँमा दसैँको भोलिपल्टै हाजिर हुन्छु भनेर आएँ, वर्षाले सडक नै बन्द बनाएको छ, हिँडेर जाने सम्भावना पनि छैन, गाउँका बाटा त सबै पहिरोले बन्द थिए, यहाँसम्म त हिँडेरै झरेँ, यहाँबाट गाडीमा जाने भनेको यता पनि बाटो बन्द रैछ’, नेपालीले भने, ‘अब कसरी जाने रु, यो पानी नरोकिएसम्म सडक खुलाउन सकिन्न होला, धेरै ठाउँमा गएको रैछ पहिरो पनि ।’

दसैँ मान्न निसीखोला आउनुभएका मिलन घर्ती पनि पानीका कारण तानसेन फर्किन पाएका छैन । तानसेनमा फर्निचरमा काम गर्दै आएका उनले दसैँ मान्नका लागि असोज १७ गते गाउँ आएको बताए । दसैँ मानाएर फर्किने गरी चार दिनको बिदा लिएर गाउँ आएको भन्दै सडक अवरुद्ध हुँदा फर्किन नसकेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै