Comments Add Comment

Advertisment

SKIP THIS

राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी प्रसाईंका स्वकीय सचिव थापासहित १५ जना पक्राउ

काठमाडौं– राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंका स्वकीय सचिवसहित १५ जना पक्राउ परेका छन्।

प्रदर्शनको नाममा प्रहरीमाथि ढुंगामुढा गरेको पाइएपछि प्रसाईंका स्वकीय सचिव विनञ्जय थापासहित १५ जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरुमा स्वकीय सचिव थापासहित विवादित अभिव्यक्ति दिने धर्मगुरु भनिएका श्रीनिवास आचार्य, निकेश बाँस्तोला, भोजराज तमिल्सिना, हरि बिशुङ्खे, भुवन परियार, दीपक गोस्वामी, देवेन्द्र कार्की, यदुनाथ सिग्देल, राजु तामाङ, उबहादुर रिजाल, युभिन श्रेष्ठ, सुजन खड्का, दिपेश खड्का, मेहरमान बस्नेत छन्।

नागरिक तथा राष्ट्र बचाउ महाअभियान नाम दिएर मंसिर ७ गतेदेखि प्रसाईं समूहले काठमाडौंमा प्रदर्शन गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै