Comments Add Comment

सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन आवेदन बन्द

११ कार्तिक , काठमाडौ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि दिने अनलाइन आवेदन बन्द भएको छ।

कोभिड महामारीका कारण ६ महिनादेखि अनलाइन आवेदन प्रणाली बन्द थियो। गत मंगलवारदेखि सुरू भएको सेवा पुनः बन्द भएको हो।

आवेदन बन्द हुनुमा प्राविधिक समस्या देखिएको यातायात व्यवस्था विभागले जनाएको छ।

‘सेवाग्राहीलाई हुने असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ प्रणाली मर्मत कार्य भइरहेको छ’ विभागद्वारा जारी सूचनामा भनिएको छ । विभागले अनलाइन प्रणाली मर्मतको कार्य भइरहेको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै