Comments Add Comment

मृत भेटिइन् एक जना महिला

२७ वैशाख, काठमाडौं । रुकुम(पूर्व) मा एक जना महिला मृतावस्थामा भेटिएकी छन् ।

पुथाउत्तरगङ्गा गाउँपालिका–११ मा सोमवार ३९ वर्षीया जुनमाया बुढाको शव भेटिएको हो । सोही वडाको उपल्लो सेरा घर भएकी बुढाको शव स्थानीयवासीले जङ्गलमा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले प्रहरी टोली घटनास्थलमा पुगेको जानकारी दिए । शव परीक्षणका लागि रुकुम(पूर्व) अस्पताल ल्याइँदैछ ।

शव परीक्षणको रिपोर्ट आएपछि मात्र घटनाबारे सत्यतथ्य खुल्ने डाँगीले बताए । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै