Comments Add Comment

Advertisment

SKIP THIS

ए डिभिजन लिगः हिमालयन र एनआरटीबीचको खेलमा बराबरी

०१ फाल्गुण , काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आइतबार भएको एनआरटी र हिमालयन शेर्पा क्लबबीचको खेल बराबरीमा सकिएको छ ।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा गोलरहित बराबरी खेल्दै न्यूरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लबले अंक बाँडेका हुन् । बराबरीसँगै एनआरटी १० खेलमा १४ अंकसहित छैटौँ स्थानमा उक्लिएको छ । समान अंक भएपछि गोलअन्तरका आधारमा संकटा तल झरेको छ ।

हिमालयन शेर्पा समान खेलबाट १२ अंकसहित आठौँ स्थानमा छ । जारी लिगमा १० खेलबाट २६ अंक बनाएको मछिन्द्र दोस्रो स्थानको मनाङ मस्र्याङ्दी क्लबभन्दा ६ अंकले अगाडि रहँदै उपाधि नजिक छ । त्यस्तै रेलिगेसन जोनमा भने च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment