१५ साउन , काठमाडौ । लालबन्दी नगरपालिका- १ स्थित लखनदेही खोलाको टापुमा ज.१ त ५१२३ नम्बरको ट्याक्टरमा फसेका ४ जना व्यक्तिहरूको शनिबार साँझ सकुशल उद्धार गरिएको छ ।
खोलामा आएको बाढीका कारण उक्त खोलाको बीच भाग टापुमा ट्याक्टर र चालक सहित ४ जना मानिस फसेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले स्थानीयवासीको सहयोगमा डोरी प्रयोग गरी उनीहरूको सकुशल उद्धार गरेको हो ।





