Comments Add Comment

दाङमा इनार सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु

५ भदौ , काठमाडौ । दाङको तुलसीपुरमा इनार सफा गर्ने क्रममा दुई जनाको निसासिएर मृत्यु भएको छ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका १३ का मुकेश विक र सोही ठाउँका यामबहादुर नेपाली रहेका छन्। उनीहरु बुधबार बिहान साढे १० बजेतिर दमारगाउँकै दुर्गा विकको इनार सफा गर्न भन्दै भित्र प्रवेश गरेका थिए।

उनीहरू इनारबाट निस्कन नसकेको र भित्र फसेको भन्ने सूचना पाउनासाथ प्रहरी पोष्ट दमारगाउँ, इलाका प्रहरी कार्यालय तुलसीपुर र नेपाली सेनाको अम्बापुर बेस क्याम्पको टोलीले उद्धार गरेको थियो।

उनीहरूको उद्धारपछि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको थियो।

त्यहाँ पुर्‍याउनासाथ दुवै जनालाई बिहान ११ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment