६ जेठ , काठमाडौ । लमहीमा संचालनमा रहेका निजि विद्यालयका भ्यानहरुले कोचाकोच गरि विद्यार्थी ओसार्दा समेत नियमन गर्ने निकाय मौन रहनुलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।
लमहीमा संचालनमा रहेका अधिकांश निजि विद्यालयका भ्यानहरु क्षमताभन्दा बढी विद्यार्थीहरु बोक्ने गरेका छन् । भ्यान भाडा चर्को लिने र कोचाकोच विद्यार्थी बोक्ने नियति बनेको छ । सिटमा बसेको भन्दा भ्यान भित्र उभिएका विद्यार्थीहरुको संख्या अधिक रहने गरेको छ ।
कतिपय विद्यालयहरुका भ्यानमा त विद्यार्थीहरु ढोकामा समेत झुन्डिएको स्पष्ट देख्न सकिन्छ । यसले गर्दा विद्यार्थीहरुले पठनपाठन गर्न आउँदा सास्ती खेप्नु पर्ने त छदैछ भने सवारी दुर्घटनामा समेत पर्ने खतरा त्यत्तिकै छ ।

यसरी विद्यार्थीहरुको जीवनमा खेलवाड गरेर विद्यालय प्रशासन किन कमाउ धन्दामा लागेकोछ, बुझी नसक्नुछ । नियमन गर्ने निकाय जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले पनि स्कुलहरुको बस एवं सार्वजनिक गाडीहरु दिनकै चेकजाँच गर्ने र गल्ती भेटिए कार्वाही जरिवाना गर्ने गरेको दाङ जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक किरण प्रकाश मल्लले बताए ।
त्यस्तै तस्बिरमा देखिएका केही विद्यालयहरु प्रतिनिधि उदाहरण हुन भने अधिकांश विद्यालयहरुले यसैगरि विद्यार्थी ओसारी रहेका छन् । समयमै यिनलाई नियमन गरिएन भने कुनै दिन ठूलै दुर्घटना हुने त छदै छ तर नियमन गर्ने निकाय मौन रहनुलाई पनि नागरिकले शंकाको दृष्टिले हेरेका छन् ।



