दाङ प्रहरीले बलात्कार गरेको आरोपमा एकजना प्रहरी जवान पक्राउ -
Comments Add Comment

दाङ प्रहरीले बलात्कार गरेको आरोपमा एकजना प्रहरी जवान पक्राउ

७ माघ , काठमाडौ । बलात्कारको आरोपमा दाङ प्रहरीले एक जना प्रहरी जवानलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङले सुनवल दङ्गामा कार्यरत प्रहरी जवान रामबहादुर कार्कीलाई पक्राउ गरेर उनी विरुद्ध जबरजस्तीकरणिमा मुद्धा दर्ता गरिएको जनाएको छ ।

सल्यान माईत जान भनेर घरबाट हिडेकि महिला समयमै माईत नपुगेपछि महिलाका श्रीमानले खोजी गर्दै आएका थिए । घर फर्केपछि महिलाका श्रीमानले माइत समयमा नगएको बारेमा सामान्य बिबाद गरेपछि श्रीमान र श्रीमती मिलि जिप्रका आएर कार्की विरुद्ध बलात्कारमा जाहेरी दिएका थिए ।

श्रीमानले श्रीमतीलाई आफै बलात्कारमा ८-१० दिनपछि जाहेरी हाल्न लगाएका हुन । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपि वीर बहादुर वलीले प्रहरी जवान कार्की र ती महिला बिच सम्बन्धमा रहदै आएको र होटलको रजिस्ट्रेशनमा पनि श्रीमान र श्रीमतीको रुपमा पनि देखिएको जानकारी दिए ।

उनले कार्कीलाई १३ दिनदेखि प्रहरी हिरासतमा राखेर घटनामा अनुसन्धान भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment


This will close in 20 seconds