Comments Add Comment

Advertisment

SKIP THIS

फिफिया एप मार्फत ११ लाख ठगेको आरोपमा काठमाडौंबाट दादिकि राई पक्राउ

काठमाडौँ । ‘फिफिया’ नामको एप मार्फत अनलाइन बेटिङ गराएर ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर घर भएकी २८ वर्षीय दादिकि शेर्पा राई छिन् ।

काठमाडौँको टोखा नगरपालिका–६ बस्दै आएकी दादिकिले फुटबल लगायतका अनलाइन खेलको विज्ञापन राखेर बेटिङ मार्फत ११ लाख २७ हजार ठगेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए ।

सामाजिक संजालमार्फत साथी बनाएर आरोपीतले पीडितहरुको जिमेलमा फिफिया एपको लिंक पठाएर इन्स्टल गर्न लगाउँथिन् । एपमा बायोडाटा अपडेट गर्न लगाएर त्यसमा रकम डिपोजिट गर्न लगाएर उनले ठग्ने गरेको अनुसन्धानबाट थाहा भएको छ ।

विभिन्न देशहरु बिच हुने फुटबल लगायत अनलाइन खेलको विज्ञापन राखेर उनले सट्टेबाजी खेलेमा ९० मिनेटभित्र फाइदा हुने भन्दै ११ लाख २७ हजार ठगेको भेटिएको छ । प्रहरीले उनीविरुद्ध सट्टेबाजी विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै