Comments Add Comment

Advertisment

SKIP THIS

दाङको सिसहनियाँ बजारको नाम आफू खुसी परिवर्तन : राप्ती गा.पा किन मौन ?

१९ माघ , काठमाडौ । लमही भालुवाङ सडक खण्डको मध्य भागमा पर्ने सिसहनियाँ बजार अहिले पनि सिसहनियाँ बजारकै नामबाट परिचित छ ।

तर राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्षलाई समेत थाहा नदिई वडा कार्यालयको अनुमति बिनै राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानी निवासी लालबहादुर चौधरीले आफू खुसी बजारको पश्चिम क्षेत्रमा गाडिएको साइनबोर्डमा कालापानी नाम लेखाएका छन् ।

बजारको पुर्व क्षेत्रमा भने सिसहनियाँ बजार लेखिएको छ । कुनै व्यक्ति विशेषलाई आफू खुसी साइनबोर्डमा लेखिएको नाम मेटाउने अधिकार छैन । तर सिसहनियाँको नाम एउटा व्यक्तिले मेटेर नाम परिवर्तन गराउनु र स्थानीय सरकार बेखवर बन्नु दुखको कुरा भएको स्थानीय बजारबासीको भनाई छ ।सिसहनियाँको नाम किन परिवर्तन गर्नु भयो भन्ने जिज्ञासामा लालबहादुर चौधरी भन्छन्, मेरै गाउँका स्थानीयले बजार क्षेत्र कालापानी भएकोले कालापानी नाम राख्नु पर्छ भन्ने सल्लाह दिएकाले मैले मेरो लगानीमा नाम परिवर्तन गराए ।

यस विषयमा राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चौधरीलाई बुझ्दा वडा अध्यक्ष चौधरीले सिसहनियाँको नाम परिवर्तन गरेको बारे आफुलाई थाहा नभएको प्रतिक्रिया दिए । साइनबोर्डमा नाम परिवर्तन गरिएकोमा सिसहनियाँ बजारबासीलाई भने पटकै चित्त बुझेको छैन् ।

त्यसैले कुनै गाउँ, टोल वा बजारको नाम परिवर्तन गर्ने विषयमा स्थानीय सरकार जिम्मेवार हुनुपर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment