Comments Add Comment

Advertisment

SKIP THIS

ललितपुरका विभिन्न स्थानमा चोरी गर्ने कुख्यात चोरलाई पक्राउ गर्न ललितपुर प्रहरी सफल

काठमाडौं: ललितपुरका विभिन्न चार स्थानमा चोरी गर्ने कार्यमा संलग्न रहेको चोरलाई पक्राउ गरेको हो ।

ललितपुरको विभिन्न स्थानमा चोरी गर्ने कार्यमा संलग्न रहेको चोरलाई पक्राउ गरेको ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालले बताएका छन् ।

पक्राउ पर्नेमा दोलखा जिल्ला शैलुङ गाउँपालिका घर भएका भक्तपुरको निकाेसेरा बस्ने ४० वर्षीय रघुनाथबस्नेत रहेका छन् ।बस्नेतले ललितपुरमा रातको समयमा विभिन्न घरमा मानिसहरू नभएको मौका पारी ढोका फोडी नगद तथा सुन चाँदीका गहना चोरी गर्ने गरेको एसएसपी शेखर खनालले बताए ।

चोरको खोजी गर्ने क्रममा ललितपुर प्रहरी परिसरबाट खटिएको प्रहरीले रघुनाथलाई नगद र ढोका फोड्न प्रयोग गर्ने फलामको रड सहित फेला पारी पक्राउ गरेको हो ।

ललितपुर महानगरपालिका-३ झम्सिखेल बस्ने ठाकुरनाथ ढकालको घरमा चोरी गरेको आरोप उनीमाथि छ। रघुनाथले ठाकुरनाथको घरबाट पुस १ गते राति कोही नभएको बेला करिब २७ तोला सुनका गरगहना, करिब १५ तोला चाँदीका गहना, ३० हजार रुपैयाँ र ८२५ अमेरिकी डलर समेत चोरी गरेको आरोप छ।

एसएसपी खनालका अनुसार चोरी गर्नुअघि रघुनाथले ठाउँको रेकी गर्ने गरेका छन्। चोरी गर्न जाने दिन उनले छुट्टै एक जोर कपडा समेत बोक्ने गरेको अनुसन्धानबाट खुलेको छ।

चोरी गर्न जानुअघि एउटा कपडा लगाएर घरभित्र पसेपछि चोरी गरिसकेर त्‍यहाँबाट निस्किँदा अर्कै कपडा लगाएर फर्किने गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै