Comments Add Comment

Advertisment

SKIP THIS

एसएसपी राजेन्द्र भट्टको आतिथ्यमा “ट्राफिक नियन्त्रण तालिम १४४ औं समूह”को समापन

काठमाडौं – काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा संचालन भएको “ट्राफिक नियन्त्रण प्रहरी जवान तथा हवल्दारको तालिम १४४ औं समूह” को तालिम समापनभएको छ ।                                                                               

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टको प्रमुख आतिथ्यमा एक समारोहका बिच समापन भएको थियो । सो समारोहमा प्रशिक्षार्थीहरुलाई प्रमाण-पत्र तथा पुरस्कार प्रदान गर्दै तालिमका दौरानमा हासिल गरेका ज्ञान सीपलाई कार्य क्षेत्रमा ईमान्दारिता एवं वफादारिताका साथ कर्तव्य निर्वाह गरी जनतालाई सहज, सुरक्षित र उचित ट्राफिक व्यवस्थापनको कार्य सम्पादन गर्नुका साथै बद्लिदो समय अनुसार ट्राफिक प्रहरी आफुलाई पनि परिवर्तन गर्दै लैजानुपर्ने आवश्यक निर्देशन सम्वोधन प्रदान गर्नुभयो ।                                                                                     

सोही अवसरमा तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले तालिम सम्वन्धी प्रतिवेदन पेश गर्दै ट्राफिक नियन्त्रण (प्र.ह./प्र.ज.) तालिम १४४ औं समूहमा जम्मा ५४ जना प्रहरी हवल्दार, प्रहरी सहायक हवल्दार तथा जवान (१ महिला) सहभागी प्रशिक्षार्थीहरुमा ‘क’ श्रेणीमा २३ जना, ‘ख’ श्रेणीमा २९ जना र ‘ग’ श्रेणीमा २ जना गरी सम्पूर्ण प्रशिक्षार्थीहरु उत्तिर्ण भएको व्यहोरा जानकारी गराउनु भयो । उक्त कार्यक्रममा तालुक कार्यालयका प्रतिनिधी र ट्राफिक कार्यालयका सिनियर प्रहरी अधिकृत एवं जुनियर प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै