काठमाडौं- स्टार हस्पिटल, सानेपा र ललितपुर प्रहरीबीच अस्पतालमा स्वास्थ्य उपचारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

सम्झौतापत्रमा स्टार हस्पिटलको तर्फबाट अस्पतालका कार्यकारी अध्यक्ष किशोर कुमार महर्जन र ललितपुर परिसर प्रहरी प्रमुख शेखर खनालले हस्ताक्षरगरेका छन् ।

सो हस्ताक्षर समारोहमा बोल्दै हस्पिटलका कार्यकारी महर्जनले नागरिक सुरक्षामा खटिने प्रहरी कर्मचारी तथा हिरासतमा रहेका थुनुवाहरूलाई अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवा लाभदायी हुने बिचार व्यक्त गर्दै आगामी दिनमा समेत अस्पताल र ललितपुर प्रहरीबीच आवश्यक सहकार्य हुने बताए ।

कार्यक्रममा ललितपुरका प्रमुख एसएसपी शेखर खनालले शान्ति सुरक्षा तथा अपराध नियन्त्रणको अतिरिक्त प्राकृतिक प्रकोप, आपद विपदमा समेत आफ्नो ज्यानको प्रवाह नगरी सेवामा खटिएका प्रहरी कर्मचारीहरूले पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गरी अस्पतालमा स्वास्थ्य उपचार तथा औषधिको लागि छुट दिने गरी भएको सम्झौता प्रति कृतज्ञता व्यक्त गरे । साथै उहाँले आगामी दिनमा समेत परिसर र अस्पतालबीचको सहकार्य र समन्वय भइरहने बताए ।

उक्त सम्झौता अनुसार अस्पतालको सेवा सुविधा अन्तर्गत आइसियु वेड, वार्ड वेड, क्याविन रूम, ल्याव र एक्सरेमा २५ प्रतिशत छुट, ओपिडि डाक्टर, आइसियू वार्ड तथा क्याविन वार्ड डाक्टर राउण्ड, ओटी अपरेशन र डाक्टरले दिने सुविधामा २५ प्रतिशित र फार्मेसी औषधिमा १० प्रतिशत छुट दिने उल्लेख गरिएको छ ।

उक्त हस्ताक्षर समारोहमा स्टार हस्पिटलका मेडिकल डाईरेक्टर, सिओओ , विभागिय प्रमुखहरु र ललितपुरका एसपी, डिएसपी, इन्स्पेक्टरहरुको उपस्थिती रहेको थियो।