Comments Add Comment

Advertisment

SKIP THIS

हतियारसहित एक जना पक्राउ

४ कात्तिक , काठमाडौं । बाजुरा र बागलुङबाट हतियारसहित एक जनालाई पक्राउ गरेको छ ।

बाजुरा, त्रिवेणी नगरपालिका–७ कोकोट्ट्यारीबाट भरुवा बन्दुक एक थान, बारुद करिब ४० ग्राम र गोली बनाउन प्रयोग गरिने फलामका टुक्रा १० वटासहित सोही ठाउँ बस्ने ४५ वर्षीय नयाँ लुहारलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले लुहारलाई घरभित्र लुकाइराखेका उक्त हातहतियारसहित फेला पारी पक्राउ गरेको हो । यस्तै, बागलुङ, ढोरपाटन नगरपालिका–४ लुकुरबन बस्ने ५० वर्षीय खिमे भनिने गोरे सुनारको घरबाट भरुवा बन्दुक एक नाल प्रहरीले बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment