Comments Add Comment

Advertisment

SKIP THIS

ललितपुरमा चितुवाको छालासहित एक जना पक्राउ

१४ चैत , काठमाडौं । ललितपुरमा चितुवाको छालासहित एक जना युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं सामाखुसी गणेशस्थान डेरा गरी बस्ने वाग्लुङ तमान गाउँपालिका-४ वतन भएका २७ वर्षीय नर बहादुर गौतम रहेका छन् ।

आइतबार दिउँसो ललितपुर महानगरपालिका-३ पुल्चोकस्थित ललितपुर महानगरपालिकाको भवन अगाडि सडकमा बा.२ ज ४९५१ नम्बरको ट्याक्सीमा सवार नर बहादुरलाई प्रहरीले जाँच गर्नेक्रममा बोराभित्र प्लाष्टिकले बेरी राखेको उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment