
१६ मंसिर ,काठमाडौ । इटहरीबाट ब्राउनसुगर सहित एक जना पक्राउ परेका छन् ।

इटहरी उपमहानगरपालिका ६ बाट ब्राउनसुगर सहित एक युवा पक्राउ परेका हुन् ।पक्राउ पर्नेमा ईटहरी ४ पान्धारे का ३० बर्षिय सन्तोष श्रेष्ठ रहेका छन् ।

बुधवार बेलुका साढे ६ बजे प्रदेश नम्बर १-०२-०४३ प १५२ नम्बरको स्कुटरमा सवार श्रेष्ठलाई चेकजाँच गर्दा उनको साथबाट लागुऔषध ब्राउनसुगर ३ ग्राम ५०० मिलिग्राम बरामद गरिएको प्रहरीले बताएको छ । पक्राउ परेका श्रेष्ठको थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय ईटहारीले जानकारी दिएको छ ।




