१९ फागुन , काठमाडौं । बुढानीलकण्ठ-५ थाकथोकमा एक जनाको हत्या भएको छ ।
महानगरीय काठमाडौँ प्रहरी परिसर टेकुका अनुसार बुढानीलकण्ठ–४ मा बस्दै आएका ३२ वर्षीय मानबहादुर राउतको हत्या भएको हो । हत्यामा संलग्न भएको अभियोगमा स्थानीय विष्णुमती दुलाल गाउँ बस्ने २४ वर्षीय याकुभ चौधरी र लिबुकोट बस्ने १८ वर्षीय करण पासवान पक्राउ परेका छन् ।
प्रहरीले दुई दिनअघि थाकथोकमा राउतको शंकास्पद अवस्थामा शव भेटेको थियो । तर सनाखत हुन सकेको थिएन । अनुसन्धान गर्दा घटनामा दुई जनाको संलग्नता देखिएपछि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । राउतको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।



