Comments Add Comment

स्वास्थ्य बीमा गर्दा ५० प्रतिशत छुट

२० मंसिर , काठमाडौँ । छथर जोरपाटी गाउँपालिकाले आफ्ना नागरिकलाई स्वास्थ्य जीवन बीमामा आवद्ध गराउन ५० प्रतिशत छुट दिने भएको छ ।

यसका लागि तिर्नुपर्ने तीन हजार पाँच सयमा बाँकी रकम पालिकाले तिरिदिने निर्णय गरेको छ । यसका लागि चालु आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समावेश गरी पालिकाले ६८ लाख बजेट विनियोजन समेत गरेको छ।

बीमा कार्यक्रमबाट पालिकामा रहेका तीन हजार नौ सय २२ घरधुरी लाभान्वित हुने पालिका अध्यक्ष छत्र सुब्बाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै