१९ चैत , काठमाडौं । सर्लाहीमा म्यादी प्रहरीमा भर्ना गराइदिने भन्दै रकम ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सर्लाही प्रहरीका अनुसार म्यादी प्रहरी भर्ना छनोट हुने स्थलमै पुगेर पाँच हजाररसात हजार लिई भर्ना गराइदिन्छु भन्दै गरेको थाह पाएपछि चन्द्रनगर गाउँपालिका – ७ बस्ने ३१ वर्षीय दीपेन्द्र चौधरीलाई पक्राउ गरेको हो ।
चौधरीलाई विशेष सूचनाको आधारमा नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । यसअघि सप्तरीबाट पनि म्यादी प्रहरीमा भर्ना गराइदिने नाममा आवेदनकर्तासँग रकम असुली गरेको आरोपमा एक युवक पक्राउ परेका थिए ।


