Comments Add Comment

Advertisment

SKIP THIS

चोरी गर्दै गरेको अवस्थामा एक जना पक्राउ

२३ मंसिर , काठडमाडौं । जनकपुर उपमहानगरपालिका-५ स्थित अंलंकार ज्वेलर्समा चोरी गर्दै गरेको अवस्थामा सोही उपमहानगरपालिका-१५ कुवारामपुर बस्ने २५ वर्षीय संजित कुमार दास बिहीबार दिउँसो पक्राउ परेका छन् ।

चोरी गर्दै गरेको अवस्थामा फेला पारी पसल संचालकले नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जनकपुरधामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले उनको झोलाबाट चाँदीको जस्तो देखिने सेतो धातुको ब्रासलेट १ थान, पाउजु १ जोर, सिक्री २ थान, नियन्त्रित लागूऔषध नाईट्राबेट ९ ट्याब्लेट, स्पास्मो प्रोक्सिभन प्लस १२ ट्याब्लेट, माईक्रो ल्याब्स ३ ट्याब्लेट र कफि सेट १ थान फेला पारी बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै

चितुवाको छालासहित एक जना पक्राउ

कटुवा पेस्तोलसहित एक जना पक्राउ

बलात्कार आरोपमा एक जना पक्राउ