काठमाडौँ, ८ मंसिर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर-२ मा नेकपा एमालेका महेश बर्तौला निर्वाचित भएका छन् ।
बर्तौलाले ४ हजार ५२० मतान्तरले चुनाव जितेका हुन् । उनले सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका स्थायी समिति सदस्य विरोध खतिवडालाई पराजित गरेका हुन् । कुल ८६ हजार ३०१ मत गणना गर्दा एमालेका बर्तौलाले ३४ हजार ९१६ मत पाएका थिए भने खतिवडाले ३० हजार ३९६ मत पाए । यता राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले १२ हजार ३९ मत पाएका थिए ।


