Comments Add Comment

Advertisment

SKIP THIS

धमाधम फर्किन थाले नेपाली विद्यार्थी !

८ साउन , काठमाडौ । बंगलादेशमा सरकारी सेवामा गरिएको विशेष आरक्षणको विरोधमा भएको हिँसात्मक गतिविधि झन चर्किन थालेपछि नेपाली विद्यार्थी पनि धमाधम नेपाल फर्किन थालेका छन् ।

अध्यागन विभागका अनुसार एक सातायता लगभग ७०० विद्यार्थी नेपाल फर्किसकेका छन् । बंगलादेशमा हाल करिब ३ हजार विद्यार्थी अध्ययनरत रहेको पाइएको छ ।

सरकारी जागिरमा राखिएको विशेष आरक्षणको विरोधमा भड्किएको आन्दोलनमा करिब १ सय ५० जनाको मृत्यु भएको खवर छ भने कयौं जना घाइते भएका छन् । बंगलादेशको स्वतन्त्रता आन्दोलनमा सक्रिय रहेका छोराछोरीको लागि विशेष आरक्षणको ब्यवस्था गरिएनरुप नै त्यहाँ आन्दोलनले उग्र रुप लिएको थियो र ? त्यसमा नेपाली बिद्यार्थीहरु पनि मारमा परेका थिए ।

अहिले त्यहाँको सर्वोच्च अदालतले सरकारी जागिरमा आरक्षणको ब्यवस्था खारेज गरेसँगै आन्दोलन केही मथ्थर हुने आकलन गरिएको छ । मुक्ति बाहिनीको स्वतन्त्रता संग्रामपछि सन् १९१ मा पाकिस्तानबाट बंगलादेश अलग भएको थियो । त्यससमयदेखि त्यहाँ आन्दोलनमा सक्रिय हुनेका परिवार वा छोराछोरीलाई आरक्षणको ब्यवस्था गरिदै आएपनि सन् २०१८ मा शेख हसिनाको सरकारले खारेज गरेको थियो ।

सो आरक्षणलाई गत महिना मात्र तल्लो अदालतले पुनःस्थापित गरिदिएपछि आन्दोलनले गति लिएको हो । राजधानी ढाकाका सडक सुनसान छन् भने कप्mयु आदेश जारी छ ।

आन्दोलनकारी नेतालाई पक्डिएको छ भने घाइतेहरुको उपचारको ब्यवस्था हुनुपर्ने भनि माग गरिएको छ । यसर्थमा दक्षिण एशियाको प्रायः देशमा यस्तै सानातिना समस्याले गाँज्दै आइरहेको छ जसले गर्दा ठलो रुप लिन्छ र हिँसात्मक आन्दोलनतिर बदलिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment