१ असोज , काठमाडौ ।  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वयु) का अध्यक्ष समिक बडालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले १ करोड ३० लाख रुपैयाँ घोटाला गरेको आरोप लगाएका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै बडालले १ करोड ३० लाख रुपैयाँ साहले घोटाला गरेको बताएका हुन् । उनले महानगरले सिप मेला भनेर १ करोड ३० लाख रुपैयाँ साइबर ग्रुपलाई दिएको आरोप लगाए ।

उनले प्रश्न गर्दै लेखेका छन्, ‘खरिद ऐनले यसरी योजना टुक्र्याएर खरिद गर्न अनुमति दिन्छ ? यो सिधै भ्रष्टाचार होइन ? १ करोड ३० लाख रुपैयाँ महानगरको निर्णय बिना मनोमानी खर्च गरेर सिप विकासमा प्राप्त गरेको उपलब्धी के ? हजारौं फेसबुक पेज र युट्युब च्यानल प्रयोग गरेर अराजकता र अश्लिलता फैलाउने हानिकारक सिपमा रकम दुरुपयोग गर्न पाइन्छ ? महानगरका ट्याक्स पेयरमाथि यसरी खेलबाड गर्न पाइन्छ ? यो त अपराध हो ।’