Comments Add Comment

Advertisment

SKIP THIS

तल्लो दर्जाका प्रहरीलाई सधैं माया गर्ने उनीहरुको मर्म तथा पीडा बुझ्ने आईजीपी बसन्त कुँवर

(ईश्वर दुलाल) काठमाडौं, नेपाल प्रहरीका आईजीपी बसन्त कुँवर उहाँले सिंगो प्रहरी संगठन र आफूलाई कहिल्यै पनि विवादमा तान्ने काम गर्नु भएन,’ प्रहरी संगठन भित्र अहिलेसम्म कुनै पनि विवादमा नपरिकन निस्कलंक प्रहरी अधिकारीको छवि बनाएर अघि बढेका आईजीपी बसन्त कुंवर प्रहरीको तल्लो तहसम्म निक्कै लोकप्रिय बनेका छन् ।

प्रहरी संगठन भित्र ‘उहाँको काम गर्ने शैली र क्षमता तथा कौशल अरु भन्दा विल्कुल भिन्न र नागरिक मैत्री छ । कुनै पनि विवादमा नतानिएको, तल्ला दर्जाको प्रहरीका लागि सधैं हित चिताउने, जगबाटै राम्रो भयो भने प्रहरी संगठन सर्वोत्कृष्ट बन्न सक्छ भन्ने सोंच राख्ने र कुशल कार्य क्षमता नै उहाँलाई प्रहरी संगठनको उचाईमा पुर्याउने महत्वपूर्ण हतियारका रुपमा लिन सकिन्छ ।’

अपराध नियन्त्रण, अनुसन्धान,शान्ति सुरक्षा, कानुन कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्ने,तल्लो दर्जाका प्रहरीलाई सधैं माया गर्ने र उनीहरुको मर्म तथा पीडा बुझ्ने प्रहरी अधिकृतका रुपमा उनी चिनिन्छन् । ड्युटीमा खट्ने कुनै पनि अधिकृत र जवानको मनोबल खस्कने ढंगले जिम्मेवारीमा हस्तक्षेप नगर्ने आईजीपी कुँवरको दृढ प्रतिवद्धता र त्यही अनुसार मातहतका निकायलाई स्पष्ट निर्देशन छ ।

प्रहरी कार्यालयमा आउने सेवाग्राही पीडित भएर नै आउने हुनाले उनीहरुको पिरमार्कालाई आफूलाई नै परेको पीडा सम्झेर सरल, छिटो, छरितो तरिकाले सेवा प्रवाह गर्नु पर्ने आईजीपी कुँवर मुख्य उदेश्य रहेको छ ।

सरकारको प्रतिनिधित्व गर्ने राज्य संयन्त्रहरूमा प्रहरी नै पहिलो प्रतिनिधि पात्र भएकाले निष्पक्ष र भेदभावरहित अनुसन्धान, बोली व्यवहारमा नम्रता, शिष्टता एवं व्यवसायिक भएर काम गर्नु पर्ने कुँवरको मुल मन्त्र छ । नेपाल प्रहरीलाई अन्तर्राष्ट्रिय जगतमा उत्कृष्ट दराउने कार्यमा उनको महत्वपूर्ण भूमिका रहेको छ । विभिन्न आपराधिक र प्रतिबन्धित तत्वहरूले शान्ति सुरक्षामा खलल पुर्याउन सक्ने हुनाले त्यसतर्फ सचेत रहेर त्रुटिरहित जिम्मेवारी बहन गर्नु पर्ने आईजीपी कुँवरको स्पष्ट निर्देशन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै