काठमाडौं: जुवा खेलेको आरोपमा प्रहरीले ललितपुरबाट १० जनालाई पक्राउ गरेको छ।
शनिबार प्रहरीले ललितपुरको नख्खिपोटस्थित एक रेष्टुरेन्टबाट १० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शिद्धिविक्रम शाहले बताएका छन् ।
७ जना महिला र ३ जना पुरूषलाई प्रहरीले पक्राउ गरिएको हो । उनीहरूबाट एक लाख ३ हजार नगद बरामद भएको छ।
प्रहरीले यसको थप अनुसन्धान अघि बढाएको छ।


